Kathmandu Press

रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति

रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति

काठमाडौं, असोज ३० : सरकारले कोरोना भाइरस (कोभिड-१९) को उपचारमा प्रयोग हुने रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा  दुई नेपाली र एक भारतीय कम्पनी छन्।

उनका अनुसार  नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई  रेम्डेसिभिर आयात तथा विक्री वितरणका लागि अनुमति दिइएको छ।
 
नेपालमा कोभिड-१९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्दर्भमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डेसिभिर नामक औाषधि प्रयोगमा ल्याएको छ।  

प्रकाशित मिति: ००:४३ बजे, शनिबार, कात्तिक १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्