Kathmandu Press

सिडी विजयको पुतलीमा कविर र गरिमा (भिडियो)

काठमाडौ‌ं, असोज ३० : ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको रोमान्टिक गीत ‘पुतली’को भिडियो सार्वजनिक गरिएको...
सिडी विजयको पुतलीमा कविर र गरिमा (भिडियो)

काठमाडौ‌ं, असोज ३० : ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनका विजेता गायक सिडी विजय अधिकारीको स्वर रहेको रोमान्टिक गीत ‘पुतली’को भिडियो सार्वजनिक गरिएको छ। 

अमेरिका निवासी प्रोफेसर डा. कैलाश घिमिरेको रचना रहेको यस गीतमा राजेश थापाको संगीत रहेको छ। जसलाई बीबी अनुरागीले संगीत संयोजन तथा श्यामश्वेत रसाइलीले मिक्सिङ मास्टररिङ गरेका छन्।

Hardik ivf

गीतमा टिकटक हुँदै म्यूजिक भिडियोमा चर्चित बनेकी गरिमा शर्माका साथ चलचित्र ‘लम्फु’बाट डेब्यू गरेका नायक कविर खड्का र बाल कलाकार आर्शिना भट्टराईले अभिनय तथा नृत्य गरेका छन्। आफूले मन पराएको युवतीलाई साथीहरुको सहयोगमा फकाउँदै गरेको रोमान्टिक अवस्था भिडियोमा देख्न सकिन्छ। साथै गाउँघरमा आउँदै गरेको दशैंको माहोललाई रमाइलो ढंगबाट उतारिएको छ।

भिडियो उत्सव दाहालको छायांकन, नविन निरौलाको सम्पादन तथा दिपेन गौतमको निर्माण व्यवस्थापनमा तयार गरिएको छ । सुबोल थापाको नृत्य निर्देशन गरेको म्युजिक भिडियोलाई जया शर्माको कन्सेप्टमा सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुस् :

प्रकाशित मिति: २३:२५ बजे, शुक्रबार, असोज ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्