Kathmandu Press

घुस लिएको आरोपमा प्रहरी दम्पती पक्राउ

काठमाडौं, असोज ३० : अख्तियार दुरुपयोग अनुसन्भान आयोगले घुस लिएको आरोपमा प्रहरी दम्पतीलाई, पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन सहानी...
घुस लिएको आरोपमा प्रहरी दम्पती पक्राउ

काठमाडौं, असोज ३० : अख्तियार दुरुपयोग अनुसन्भान आयोगले घुस लिएको आरोपमा प्रहरी दम्पतीलाई, पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन सहानी र उनकी श्रीमती निर्मला केवटलाई चार लाख रुपैयाँ घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको हो। 

प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाइदिन्छु भन्दै रकम लिइरहेको अवस्थामा प्रहरी दम्पती रंगेहात पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनीहरुलाई रुपन्देहीको सियारी गाउँपालिका ७ स्थित खनाल मिठाइ पसल नजिकबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: २३:१६ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्