Kathmandu Press

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

काठमाडौं, असोज ३० : प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने नवलपरासीका नविन बस्नेतलाई पक्राउ गरेको छ।प्रहरी प्रधान कार्यालय, नक्सालको निर्देशनमा फेसबुक ग्रुपमाथि...
‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

काठमाडौं, असोज ३० : प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने नवलपरासीका नविन बस्नेतलाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालको निर्देशनमा फेसबुक ग्रुपमाथि अनुसन्धान थालेको प्रहरीले बस्नेतलाई नवलपरासीबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ। 

अश्लील विषयहरु लेखिएका ग्रुपमा सर्वत्र चासो भएपछि प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको थियो।

समाजमा बलात्कार र महिला हिंसाका घटना बढेसँगै यसको विरोधमा पछिल्लो समय प्रदर्शनहरु भइरहेका छन्। केही समयअघि अधिकारकर्मीले काठमाडौंमा ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शनसमेत गरेका थिए।

प्रकाशित मिति: २३:०२ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्