कोरोना संक्रमण नियन्त्रणमा प्रहरीको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पोखरेल
बुटवल, असोज ३० : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर सुरक्षाको जिम्मेवारी...
बुटवल, असोज ३० : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर सुरक्षाको जिम्मेवारी निर्वाह गरेको बताएका छन्।
मुख्यमन्त्री पोखरेलले ६५ औँं प्रहरी दिवसको अवसरमा शुक्रबार लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा बुटवलमा आयोजित कार्यक्रममा उनले नेपाल प्रहरीको यस किसिमको कार्यको प्रशंसा गर्दै महामारीको समयमा प्रहरीले उत्कृष्ट जिम्मेवारी निर्वाह गरेको बताए।
प्रदेशमा कोभिड–१९ विरुद्धको लडाइमा क्वारेन्टिनको व्यवस्थापनमा प्रहरीको महत्वपूर्ण भूमिका रहेको उनले बताए। उनले सीमा नाकाबाट नागरिकलाई व्यवस्थित रुपले स्वदेश भित्र्याएर क्वारेन्टिनमा पु¥याउने, आइसोलेशनमा पु¥याउने सम्मका जनताको सेवामा लाग्दा प्रहरी सङ्गठनका अधिकृत र जवानहरु सङ्क्रमित हुने दुःखद अवस्थासमेत व्यहोर्नु परेको समेत स्मरण गरे।
मुख्यमन्त्री पोखरेलले कोभिड–१९ को संक्रमण अहिले घनाबस्ती भएका क्षेत्रमा फैलने क्रम बढ्दै गएको बताउँदै यसविरुद्ध लडने क्रम अझै जारी रहेको बताए। उनले कोभिड-१९ को असरलाई न्यूनीकरण गर्ने कार्यमा राष्ट्रियस्तरमा भन्दा प्रदेशमा महत्वपूर्ण कार्य गरिएको र त्यो धेरै हदसम्म सफल भएको बताए। ‘कोभिड– १९ विरुद्धको लडाइँ अझै नसकिएको र आगामी दिनमा अझै सक्रियतापूर्वक चुनौतीलाई सामना गर्नुपर्ने छ,’उनले भने,‘यसमा प्रहरी सङ्गठनका तर्फबाट महत्वपूर्ण भूमिका हुनेछ।’
मुख्यमन्त्री पोखरेलले मुलुक सङ्घीयताको कार्र्यान्वयनको महत्वपूर्ण चरणमा रहेको बताउँदै लुम्बिनी प्रदेश प्रहरी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी समेत दिए। उनले प्रदेश सरकारले निर्माण गर्ने कानून हाम्रा सङ्गठनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, कसरी अनुशासित र मर्यादित बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रीत रहनुपर्ने बताउँदै ऐन कानून भनेको जनतालाई सेवा प्रवाह गर्ने माध्यमका रुपमा रहनुपर्ने सरकारको मान्यता रहेको स्पष्ट पारका थिए।











