Kathmandu Press

विदेशबाट फर्किएका झण्डै १३ हजार मानिस होटलमा क्वारेन्टाइन

काठमाडौं असोज ३० : विदेशबाट नेपाल फर्किएपछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएपछि होटल क्वारेन्टाइनमा बस्नेको संख्या बढेको छ। असोज २८ गतेसम्मको तथ्यांक...
विदेशबाट फर्किएका झण्डै १३ हजार मानिस होटलमा क्वारेन्टाइन

काठमाडौं असोज ३० : विदेशबाट नेपाल फर्किएपछि १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएपछि होटल क्वारेन्टाइनमा बस्नेको संख्या बढेको छ। 

असोज २८ गतेसम्मको तथ्यांक अनुसार विदेशबाट फर्किएका १२ हजार ८ सय ६८ जना होटल क्वारेन्टाइनमा बसेका छन्। कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक महेन्द्र प्रसाद गुरागाँईका अनुसार होम क्वारेन्टाइनमा भन्दा होटलमा बस्ने धेरै छन्। असोज २८ गतेसम्मको तथ्यांक अनुसार विदेशबाट फर्किएकामध्ये १२ हजार ८ सय ६८ जना होटेलमा बसेको उनले जानकारी दिए। 

उनका अनुसार विदेशबाट फर्किएका ७ हजार ६ सय ७८ जना भने होम क्वारेन्टाइनमा बसेका छन्। यस्तै, स्थानीय तहले बनाएको क्वारेन्टाइनमा ४ हजार ८ सय ६५ जना, अस्पतालमा ६७ र अन्यमा बस्ने ७ सय ८० जना रहेको उनले बताए।

उनका अनुसार असोज २८ सम्म एक लाख सात हजार ६ सय ९१ जना वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका छन्। विदेशबाट फर्किनेहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्ने नियम छ। विदेशबाट फर्किनेहरु आफ्नो आर्थिक अवस्था अनुसार होटलमा क्वारेन्टाइन बस्ने गरेका छन्।

वैदेशिक रोजगारीबाट फर्किएका साना तथा ठूला होटलमा क्वारेन्टाइन बस्न थालेकाले व्यवसायीलाई केही राहत मिलेको होटेल संघ नेपाल (हान)ले जनाएको छ। हानका अध्यक्ष सिर्जना राणाका दैनिक १ हजारदेखि १४ हजारसम्म कोठा भाडा तिरेर होटलमा बस्ने गरेका छन्। 

नेपालभर साना ठूला गरी पाँच हजारभन्दा बढी होटेलमा अहिले कोरोना संक्रमित तथा संक्रमितको सम्पर्कमा आएका व्यक्ति क्वारेन्टाइनमा बसिरहेका छन्।
 

प्रकाशित मिति: २१:१० बजे, शुक्रबार, असोज ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्