Kathmandu Press

अब लक्षण देखिएका स्वास्थ्यकर्मीमात्र आइसोलेसनमा बस्नुपर्ने

काठमाडौं, असोज ३० : अब स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको लक्षण देखिएमा मात्र क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्ने निती स्वास्थ्य मन्त्रालयले लिएको छ। संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको...
अब लक्षण देखिएका स्वास्थ्यकर्मीमात्र आइसोलेसनमा बस्नुपर्ने

काठमाडौं, असोज ३० : अब स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको लक्षण देखिएमा मात्र क्वारेन्टाइन वा आइसोलेसनमा बस्नुपर्ने निती स्वास्थ्य मन्त्रालयले लिएको छ। 

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र स्वास्थ्यकर्मी क्वारेन्टाइन वा आइसोलेसनमा बस्नु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो। 

यसअघि संक्रमितको उपचारमा संलग्न स्वासथयकर्मीले १५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने थियो। साथै संक्रमितको क्लोज कन्ट्याक्टमा भएका समेत क्वारेन्टाइनमा बस्दै आएका थिए।

प्रकाशित मिति: २१:०२ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्