Kathmandu Press

अन्तिम बलमा बद्लिएको प्रिती जिन्टाको अनुहारको हाउभाउ

काठमाडौं, असोज ३० : आईपीएलमा पन्जाब र रोयल च्यालेन्जर्स बेंग्लोरबीचको खेलको अन्तिम बलमा बद्लिएको बलिउड अभिनेत्री प्रिती जिन्टाको अनुहारको हाउभाउको तस्बिर भाइरल बनेको...
अन्तिम बलमा बद्लिएको प्रिती जिन्टाको अनुहारको हाउभाउ

काठमाडौं, असोज ३० : आईपीएलमा पन्जाब र रोयल च्यालेन्जर्स बेंग्लोरबीचको खेलको अन्तिम बलमा बद्लिएको बलिउड अभिनेत्री प्रिती जिन्टाको अनुहारको हाउभाउको तस्बिर भाइरल बनेको छ।

बिहीबार राति भएको पन्जाब र बेंग्लोरबीचको खेलको अन्तिम ओभरमा पन्जाबलाई दुई रन आवश्यक थियो। तर, एक रन आवश्यक रहँदा पाँच बलमा क्रिस गेल आउट भए।

Hardik ivf

उनी आउट हुने वितिक्कै पन्जाब टिमकी मालिक प्रिती जिन्टाको अनुहार मलिन बन्यो। पन्जाबले जित्ने पक्काजस्तै भएको खेल एकाएक बेंग्लोरको पक्षमा देखियो।

अन्तिम बलमा पन्जालबलाई एक रन आवश्यक थियो। त्यो बल खेल्न निकोलस पुरन आए। उनले छक्का प्रहार गर्दै पन्जाबलाई खेल जिताए। त्यतिवेला फेरि प्रितीको अनुहारमा खुशी छायो।

प्रितीको अनुहारमा देखिएको यहि फेरबदललाई शारजाह स्टेडियममा उपस्थित फोटोग्राफरले क्यामरामा कैद गरेका थिए। प्रितीका तिनै फोटो गएरातिदेखि नै सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

प्रकाशित मिति: २०:०२ बजे, शुक्रबार, असोज ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्