Kathmandu Press

पर्साको ठोरीमा प्रहरी र तस्कर समूहबीच झडप, चार तस्कर पक्राउ 

काठमाडौं, असोज २९ : पर्साको ठोरी गाउँपालिकामा तस्करको समूह र प्रहरीबीच झडप भएको छ। ओरिया खोलामा बुधबार राति लागूऔषध गाँजा तस्कर र प्रहरीबीच झडप...
पर्साको ठोरीमा प्रहरी र तस्कर समूहबीच झडप, चार तस्कर पक्राउ 

काठमाडौं, असोज २९ : पर्साको ठोरी गाउँपालिकामा तस्करको समूह र प्रहरीबीच झडप भएको छ। 

ओरिया खोलामा बुधबार राति लागूऔषध गाँजा तस्कर र प्रहरीबीच झडप भएको हो। 

झडपको क्रममा प्रहरीले हतियारसहित चार जना तस्करलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको साथबाट प्रहरीले एक थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने चार राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको छ।
 
इलाका प्रहरी कार्यालय ठोरीका अनुसार तस्कर समूहले एक राउण्ड फायर गरेपछि प्रहरीले पनि दुई राउन्ड हवाई फायर गरेको थियो।

प्रकाशित मिति: २२:२८ बजे, बिहीबार, असोज २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्