कोरोना भाइरस : यी हुन् लङ कोभिडका चार फरक-फरक लक्षण
काठमाडौं, असोज २९ : लङ कोभिडले चार अलग-अलग तरिकाले मानिसलाई प्रभावित बनाउन सक्ने एक अध्ययनले देखाएको छ। निरन्तर लक्षण देखिने मानिसहरुले भन्न थालेका छन्-...काठमाडौं, असोज २९ : लङ कोभिडले चार अलग-अलग तरिकाले मानिसलाई प्रभावित बनाउन सक्ने एक अध्ययनले देखाएको छ। निरन्तर लक्षण देखिने मानिसहरुले भन्न थालेका छन्- हाम्रो उपचार किन भइरहेको छैन?
नेश्नल इन्स्टिट्युड फर हेल्थ रिसर्चको एक रिपोर्ट अनुसार लामो समयसम्म कोभिड–१९ सँग जुधिरहेका मानिसहरुमा एक ठूलो मनोवैज्ञानिक असर पर्न सक्छ। लङ कोभिडसँग जुधिरहेका मानिसहरुलाई अन्य मानिसहरुको ठूलो सहयोगको आवश्यकता पर्छ। यस्तै, स्वास्थ्यकर्मीमा समेत यसबारेमा राम्रो ज्ञान हुन आवश्यक देखिएको छ।
सामान्य लक्षण भएका अधिकांश मानिसहरु कोरोना भाइरसबाट दुई साता र गम्भीर लक्षण भएकाहरु समेत तीन सातामा निको हुने गरेका छन्। तर रिपोर्ट भन्छ–हजारौं मानिसहरु कोभिडसँगै बाँचिरहेका पनि हुन सक्छन्। ब्रिटेनमा कोरोना संक्रमण बढेसँगै यस्तो समस्या आगामी दिनमा बढ्ने सम्भावना छ।
लङ कोभिड सहायता समूहका १४ जना सदस्यले हालै प्रकाशन भएको रिसर्चबारे फेसबुकमा गरेको साक्षात्कार गरेका छन्। उनीहरुका अनुसार लङ कोभिडले श्वासप्रस्वास प्रणाली, मष्तिष्क, मुटु, मिर्गौला, आन्द्रादेखि छालासम्ममा असर गर्ने देखिएको छ।
लङ कोभिडका लक्षणका कारणले मानिसको स्थायी अंग फोक्सो र मुटुलाई असर पर्न सक्छ। यस्तै पोस्ट इन्सेन्टिभ केयर सिन्ड्रोम, पोस्ट भाइरल फटिग सिन्ड्रोम र कोरोना भाइरसका लक्षण निरन्तर देखिन सक्छन्। यसबाट प्रभावित केही मानिसहरुमा कोरोनाका गम्भीर लक्षण देखियो र उनीहरु लामो समयमसम्म अस्पतालमा बस्नु पर्यो। तर जसलाई सामान्य लक्षण थियो उनीहरुको परीक्षण र उपचार गरिएन।
'केही मानिसहरुका लागि कोभिड–१९ संक्रमण एक दीर्घकालीन रोग भएको स्पष्ट भएको छ,' अध्ययन प्रतिवेदनमा भनिएको छ।
रिपोर्टका लेखक डा. एलेन म्याक्सवेलले भनेका छन् कि जो मानिस कोभिड-१९ का कारण गम्भीर बिरामी थिए, उनीहरु लङ कोभिडबाट सबैभन्दा धेरै प्रभावित हुनेछन्। र, साधारण लक्षण देखिएका मानिसमा यसको दीर्घकालीन प्रभाव देखिने जोखिम कम छ।
युनिभर्सिटी अफ ब्रिस्टलकी लेक्चरर जो हासउ संक्रमित भएको ६ महिना भन्दा लामो समयसम्म पनि काममा फर्किएकी छैनन्। उनमा निरन्तर खोकी र सास फेर्न कठिनाइ हुने लक्षण देखिएका थिए। तर, विस्तारै उनमा मुटुको समस्या र मांशपेशीमा दुखाइ र टाउको दुख्ने लक्षण समेत थपिए। 'जब म दोस्रो दिन उठेँ मलाई चक्कर लाग्यो। म बेहोस भएँ,' उनले भनिन्।
यद्यपी उनको मुटुको समस्या र सास फेर्ने समस्यामा थोरै सुधार भयो। तर उनमा देखिएका लक्षणले अहिले पनि उनको र परिवारको जीवनमा गम्भीर प्रभाव परेको छ। उनका एक साथीले समेत यस्तै लक्षणको अनुभव गरिरहेका छन्। 'धेरै मानिसहरुले सामान्य लक्षणका रुपमा हेर्छन्। तर, यो सामान्य होइन। हामीलाई सहयोगको आवश्यकता छ,' उनी भन्छिन्। यद्यपी जोलाई निमोनिया भएको थियो। उनमा भाइरस परीक्षण गरिएन र अस्पतालमा समेत भर्ना गरिएन।
अध्ययनका अनुसार अहिले कोभिडका कारण केही समूह जस्तै ब्लाक वा एसियाली मानिसहरुमा मानसिक स्वास्थ्य समस्या र सिकाइमा समस्या हुने जस्ता कठिनाइ हुने सम्भावना समेत देखिएको छ। डा. मेक्सवेलले भनेका छन्, 'हाम्रो उद्देश्य यो हो कि स्वास्थ्यकर्मीहरुले यो समिक्षाको उपयोग ती बिरामीलाई राम्ररी सम्झाउनका लागि प्रयोग गर्न सक्छ। जसको उनीहरुले उपचार, हेरचाह र सहयोग गर्न चाहन्छन्।'