Kathmandu Press

नेता खनालको स्वास्थ्यावस्था सुधारोन्मुख

काठमाडौं, असोज २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ। रक्तचाप बढेका कारण धूम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत...
नेता खनालको स्वास्थ्यावस्था सुधारोन्मुख

काठमाडौं, असोज २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ। रक्तचाप बढेका कारण धूम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत  उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

उनका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ। 

‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ,’ उनले भने, ‘चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ।’ उनलाई रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो। 

प्रकाशित मिति: २०:०८ बजे, बिहीबार, असोज २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्