Kathmandu Press

दिल्ली र लखनउमा खुले फिल्म हल

काठमाडौं, असोज २९ : कोरोना भाइरसको महामारीका कारण भारतमा बन्द रहेको फिल्म हल खुल्न थालेका छन्।बिहीबार भारतका केही शहरमा फिल्म हल, नाटक घर,...
दिल्ली र लखनउमा खुले फिल्म हल

काठमाडौं, असोज २९ : कोरोना भाइरसको महामारीका कारण भारतमा बन्द रहेको फिल्म हल खुल्न थालेका छन्।

बिहीबार भारतका केही शहरमा फिल्म हल, नाटक घर, पार्क र स्विमिङ पुल खुल्न थालेका हुन्। आज दिल्ली र लखनउका फिल्म हल खुलेको जनाएको छ। त्यस्तै, गुजरात र मध्य प्रदेशका केही शहरमा यो साता फिल्म हल खुल्ने भएका छन्।

तथापि, कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेका केही शहरमा भने फिल्म हल बन्द नै रहनेछन्। महाराष्ट्र, तमिलनाडु, केराला र छत्तिसगढमा भने अझै फिल्म हल, नाटक घर खुल्ने छैनन्।

फिल्म हल खुलेसँगै यो साता केही फिल्म रिलिज हुने भएका छन्। लकडाउनका कारण केही दिनमा रोकिएको अभिनेत्री तापशी पन्नुको फिल्म थप्पड पनि फेरि लिरिज हुने भएको छ।

कोरोना संक्रमणकै बीच बलिउड फिल्म सुटिङ पनि सुरु भएको छ। बलिउड अभिनेता तथा अभिनेत्रीहरु लामो समयपछि सुटिङमा व्यस्त हुन थालेका छन्।

 

प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, असोज २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्