Kathmandu Press

सुदूरपश्चिम प्रदेशमा ४७ जनामा कोरोना संक्रमण

डडेल्धुरा, असोज २९ : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७...
सुदूरपश्चिम प्रदेशमा ४७ जनामा कोरोना संक्रमण

डडेल्धुरा, असोज २९ : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएका हुन्। थपिएका संक्रमितहरु दार्चुला र डोटीका रहेका छन्।

प्रयोगशाला इञ्चार्ज इश्वरीप्रसाद भुषालका अनुसार दार्चुलाको महाकाली नगरपालिकाका ३८ र डोटीको जोरायल गाउँपालिकाका नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  बिहीबार प्रयोगशालामा एक सय ४० नमुना परीक्षण गरिएको थियो।

 

प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, असोज २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्