ताप्लेजुङका प्रजिअमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २९ : ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंमा कोरोना संक्रमण पुष्टि भएको छ। ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेश भट्टराईसँगै...
काठमाडौं, असोज २९ : ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंमा कोरोना संक्रमण पुष्टि भएको छ।
ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेश भट्टराईसँगै एउटै हेलिकोप्टरमा सवार चापागाईंमा संक्रमण संक्रमण पुष्टि भएको हो।
बिओपी उद्घाटन गरेको भोलिपल्ट हल्का ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएका थिए।
प्रजिअमा संक्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालय सात दिनको लागि सिल गरिएको छ।
साथै उनले आफ्नने सम्पर्कमा आएका सबैलाई परीक्षण गरी सर्तकर्ता अपनाउन आग्रह गरेका छन्।
प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











