Kathmandu Press

सिराहाका ४५ उद्योगको दर्ता खारेज

सिराहा, असोज २९ : घरेलु तथा साना उद्योग कार्यालय, लहान सिराहाका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ।लामो समयसम्म नवीकरण नगराएकाले ४५ उद्योगको...
सिराहाका ४५ उद्योगको दर्ता खारेज
Hardik ivf

सिराहा, असोज २९ : घरेलु तथा साना उद्योग कार्यालय, लहान सिराहाका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ।

लामो समयसम्म नवीकरण नगराएकाले ४५ उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। दर्ता गराएर पनि लामो समयसम्म नवीकरण नगराउने र कुनै कारोबार नगर्ने उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले बताए।

त्यस्तै आर्थिक वर्ष २०७६र७७ मा कार्यालयमा एक हजार १४४ नयाँ उद्योग दर्ता भएको र ४४५ उद्योगको नवीकरण गरिएको समेत प्रमुख यादवले बताए। अघिल्लो आर्थिक वर्ष २०७५र७६ मा ३० उद्योगको दर्ता खारेज गरेको थियो।

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, असोज २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्