कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको कामकाज बन्द
कास्की, असोज २९ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि पोखरा महागनरपालिकाबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ।महानगर प्रमुख मानबहादुर जिसीले आज...
कास्की, असोज २९ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि पोखरा महागनरपालिकाबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।
महानगर प्रमुख मानबहादुर जिसीले आज सूचना जारी गरी केही कर्मचारीमा भाइरस सङ्क्रमण देखिएको तथा अन्य केही कर्मचारीसमेत स्वास्थ्य मापदण्डको कारणले कन्ट्याक्ट ट्रेसिङमा परेकाले आजदेखि महानगरबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा अर्को सूचना जारी नगर्दासम्म बन्द गरिएको जनाएका छन्।
त्यसैगरी महानगरपालिकाले यस अवधिमा आयोजना गर्ने तय गरेका सम्पूर्ण बैठक, कार्यक्रम तथा महानगरका पदाधिकारीलाई आमन्त्रण गरिएका कार्यक्रमहरुमा समेत पदाधिकारी उपस्थित नहुने महानगर प्रमुख जिसीले जानकारी दिएका छन्। महानगरबाट प्रदान गरिने सेवा बन्द भएपछि वडा कार्यालय तथा अन्य विषयगत कार्यालयको सेवा भने सुचारु रहेको जनाइएको छ।
भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा केही दिनयता कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको छ।











