क्वारेन्टाइनबाट भागेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २८ : शिखर नगरपालिका १ कपल्लेकीको क्वारेन्टाइनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन्। छिमेकी मुलुक भारतबाट रोजगारी...
काठमाडौं, असोज २८ : शिखर नगरपालिका १ कपल्लेकीको क्वारेन्टाइनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन्। छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशैं, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।
क्वारेन्टाइनमा राखिएका मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ। शनिबार १६ जनाको स्वाब संकलन गरी मंगलबार परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए।
उनले भने, ‘स्वाब परिक्षणको रिपोर्ट आउनु भन्दा पहिले नै सात जना भागेर घर गएछन्, उनीहरुमा कोरोना देखियो, गाउँमा त्रास फैलिएको छ।’ कोरोना संक्रमित भएकाहरु गाउँमा गएपछि अहिले सो वडाको सेरी गाउँलाई सिल गर्ने निर्णय गरेको शिखर नपरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताए। उनले भने, ‘गाउँमा अरुलाई संक्रमण नहोस भनेर गाउँ नै सिल गछौँ।’











