नेप्से फेरि ओरालो लाग्यो
काठमाडौं, असोज २८ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव ४२...
काठमाडौं, असोज २८ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव ४२ बिन्दुले घटेर एक हजार ५६१ दशमलव १७ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ६६ ले घटेर ३०९ दशमलव ७५ मा पुगेको छ।
कूल १९५ कम्पनीको ५२ लाख ९१ हजार ३१४ कित्ता शेयर एक अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९९२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये होटल उपसमूहको मात्रै शेयर उकालो लागेको छ। होटल उपसमूह २ दशमलव ३८ ले उकालो लाग्दा बैंकिङ ३ दशमलव ५९, व्यापार ३ दशमलव ७३, विकास बैंक ४१ दशमलव ९१, जलविद्युत् १६, वित्त १० दशमलव ९, जीवन बीमा २२ दशमलव ०८, उत्पादन २२ दशमलव ३३, अन्य ५ दशमलव ९, लघुवित्त ५ दशमलव ३२, जीवन बीमा ३३ दशमलव ५१ र सामूहिक लगानी कोष ० दशमलव ०७ बिन्दुले ओरालो लागेको छ।
कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको सात करोड २५ लाख ४३ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै, नेपाल बैंक लिमिटेड ६ करोड नौ लाख ९८ हजार ३७८ रुपैयाँ, नेपाल पुनरबीमा कम्पनी पाँच करोड ३१ लाख ८१ हजार ८५४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी चार करोड ९४ लाख ७४ हजार ५१६ रुपैयाँ, अरुण काबेली पावर चार करोड ३६ लाख ६२ हजार ४२५ रुपैयाँ, ज्योति विकास बैंक तीन करोड ७१ लाख ३३ हजार २२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
कारोबारका आधारमा जनरल इन्स्योरेन्स कम्पनी ९ दशमलव ८४, नेपाल फाइनान्स लिमिटेड ९ दशमलव ७५, नेपाल हाइड्रो डेभलपर ५ दशमलव २२, गणपति माइक्रोफाइनान्स २ दशमलव ५८७, नबिल समृद्धि फण्ड २ दशमलव ०६, बोटलर्स नेपाल तराईका लगानीकर्ताले २ प्रतिशतले कमाए। त्यस्तै घलेम्दी हाइड्रोपावर ७ दशमलव २६, अपि पावर कम्पनी ५ दशमलव ९१, बरुण हाइड्रोपावर ५ दशमलव ९१, छ्याङदी हाइड्रोपावर ५ दशमलव ७०, रिडी हाइड्रोपावर ५ दशमलव ५६ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव ३३ प्रतिशतले गुमाए।










-1754206481.jpg)
