Kathmandu Press

हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्रीको आग्रह

काठमाडौं, असोज २८ : गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली संघ (इयु)का राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले...
हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्रीको आग्रह

काठमाडौं, असोज २८ : गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली संघ (इयु)का राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा मन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवाधिकार, विपद् व्यवस्थापनलगायत क्षेत्रमा इयुले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने  विश्वास व्यक्त गरे।

सो अवसरमा राजदूत देप्रेजले नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिए।

उनले नेपालको संघीयताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालिएका कदमका सम्बन्धमा गृहमन्त्रीसँग जिज्ञासा राख्दै नेपाललाई इयुले दिँदै आएको सहयोगले निरन्तरता पाउने तथा आगामी दिनमा थप सहयोग विस्तार गरिने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: २३:१५ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्