Kathmandu Press

काठमाडौं महानगरको सहयोगमा तिलगंगामा थप तीन वटा शवदाह गृह बन्ने 

काठमाडौं, असोज २८ :  काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी (तिलगंगामा) थप तीन वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण...
काठमाडौं महानगरको सहयोगमा तिलगंगामा थप तीन वटा शवदाह गृह बन्ने 

काठमाडौं, असोज २८ :  काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी (तिलगंगामा) थप तीन वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण हुने भएको छ।

बुधबार काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा सहसचिव राजेश्वर ज्ञवाली र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। 

सम्झौता अनुसार शवदाह गृह निर्माण गर्न कोषले सार्वजनिक सूचनामार्फत बोलपत्र आह्वान गरिसकेको र उक्त बोलपत्र हाल मूल्यांकनको क्रममा रहेकोमा सो खरिद प्रक्रिया टुंगोमा पुर्‍याएर बोलपत्रदाता छनोट गर्ने, आसयको सूचना प्रकाशन गर्ने र छनोट भएको बोलपत्रदातासँग सम्झौता गर्ने तथा कार्यादेश लिने काम कोषले नै गर्नेछ। 

सम्झौता पत्रमा हस्ताक्षरपछि प्रमुख शाक्यले कोषलाई जति सक्दो छिटो शिलान्यास गरी ६ महिनाभित्रमा उद्घाटन गरी सञ्चालन गर्ने गरी काम थाल्न आग्रह गरे। शाक्यले अहिले सञ्चालनमा रहेका दुई वटा विद्युतीय शवदाह मेशिनले चाप धान्न नसकेको अवस्थामा महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने थप तीन वटा मेशिनले केही सहज हुने अपेक्षा गरेको बताए। 

असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ५१ औँ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष  २०७७–०७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको भन्दै शाक्यले भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक पाटोबारेमा कुनै पनि चिन्ता नलिन आग्रह गरे। 

 पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले अहिले सञ्चालनमा रहेका मेशिनबाट शवदाह गर्न एकदेखि डेढ घण्टासम्म लाग्ने गरेको भन्दै अब निर्माण हुने मेशिनबाट ३० देखि ४५ मिनेटमा शवदाह हुने बताए।
 

प्रकाशित मिति: २२:४२ बजे, बुधबार, असोज २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्