Kathmandu Press

बर्दघाट नगरपालिकाका मेयर बस्याललाई कोरोना संक्रमण

बर्दघाट, असोज २८ : नवलपरासीको बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  नगरप्रमुख बस्याललाई कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि...
बर्दघाट नगरपालिकाका मेयर बस्याललाई कोरोना संक्रमण

बर्दघाट, असोज २८ : नवलपरासीको बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  

नगरप्रमुख बस्याललाई कोरोना संक्रमण पुष्टि भएपछि बुधबारदेखि बर्दघाट नगरपालिकाका सेवा बन्द गरिएको छ।  नगर प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारी तथा जनप्रतिनिधिको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले परीक्षण नतिजा नआउँदासम्म नगरपालिकाका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए। 

कोरोना पुष्टि भएपछि प्रमुख बस्याल होम आइसोलेशनमा बसेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ।

यस्तै, वडा नम्बर ४ को वडा कार्यालयबाहेक नगरपालिका मातहतका अन्य वडा कार्यालय, स्वास्थ्य सेवालगायत भने यथावतै रहने नगरपालिकाले जनाएको छ। 
 

प्रकाशित मिति: २०:४१ बजे, बुधबार, असोज २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्