Kathmandu Press

किसानलाई आतंकारी भनेपछि कंगनाविरुद्ध मुद्दा दर्ता

नयाँ दिल्ली, असोज २८ : आन्दोलनरत किसानलाई आंतकारी भनेपछि बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुज्ञा दर्ता गरिएको छ।भारतको कर्नाटकस्थित तुमकुरु जिल्लामामा कंगानाविरुद्ध मुद्दा दर्ता...
किसानलाई आतंकारी भनेपछि कंगनाविरुद्ध मुद्दा दर्ता

नयाँ दिल्ली, असोज २८ : आन्दोलनरत किसानलाई आंतकारी भनेपछि बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध मुज्ञा दर्ता गरिएको छ।

भारतको कर्नाटकस्थित तुमकुरु जिल्लामामा कंगानाविरुद्ध मुद्दा दर्ता गरिएको हो। उनले गत महिना आन्दोलनरत किसानविरुद्ध ट्वीट गरेकी थिइन्। उनले किसानलाई आंतकारी भनेकी थिइन्।

Hardik ivf

तुमकुरु अदालतको आदेशका आधारमा क्यातासन्द्रा प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन्। यहाँको स्थानीय अदालतले ९ अक्टुबरमा मुद्दा दर्ता गर्ने आदेश दिएको थियो। किसानको अपमान गरेको भन्दै वलिक एल रमेश नाइकले स्थानीय अदालतमा निवेदन दिएका थिए।

मोदी सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा देशभरका किसान आन्दोलित छन्। उनीहरुले अहिले पनि विरोध गरिरहेका छन्। तर, कंगनाले प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटलाई रिट्वीट गर्दै कृषिसम्बन्धी कानुनको विरोध गर्ने किसानलाई आतंकारीको संज्ञा दिएकी थिइन्।

उनको ट्वीटको सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको थियो। उनलाई ट्रोल बनाइएको थियो।

मुद्दा दर्ता भएपछि कंगनाले ट्वीरमार्फत नै सफाइ दिएकी छन्। आफूले किसानलाई नभएर राहुल गान्धीको आह्वानमा आन्दोलन गर्नेहरुलाई भनेको बताएकी छन्।

 

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, असोज २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्