Kathmandu Press

चीनले नाका बन्द गर्दा खाद्यान्न अभाव भएको लिमीमा चामल पठाइयो

सिमकोट, असोज २८ : चीनले नाका बन्द गर्दा खाद्यान्न अभाव भएको हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा सिमकोटबाट चामल पठाइएको छ।कोरोना...
चीनले नाका बन्द गर्दा खाद्यान्न अभाव भएको लिमीमा चामल पठाइयो

सिमकोट, असोज २८ : चीनले नाका बन्द गर्दा खाद्यान्न अभाव भएको हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा सिमकोटबाट चामल पठाइएको छ।

कोरोना भाइरसका कारण चीनसँगको सिमानाका सात महिनादेखि बन्द छ। जसले गर्दा खाद्यान्न सामग्री आयात नहुँदा खाद्य सङ्कट भएपछि त्यस क्षेत्रका एक सय ८० परिवार भोकै बस्नुपर्ने अवस्था आएको थियो। उनीहरुका लागि वडाध्यक्षको रोहबरमा तीन सय क्विन्टल चामल पठाएको हो।

खाद्यान्न सङ्कटपछि लिमीका स्थानीयले विभिन्न सरोकारवाला निकाय, राजनीतिक दललगायतलाई खाद्यान्नको माग गर्दै आएपछि नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङको रोहवरमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न बुझाएको शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए।

केही दिन अगाडि मात्रै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले केन्द्रीय कार्यालयमा पाँच हजार क्विन्टल खाद्यान्न माग गरेपनि तीन सय क्विन्टल चामल मात्रै स्वीकृत भएर गाउँतिर ढुवानी गर्न सुरुआत गरिएको छ। अहिलेलाई यति नै भए पनि केही राहत हुने स्थानीयवासीले बताएका छन्।

अन्य थप खाद्यान्नका लागि पनि पहल गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाका प्रमुख विष्टले बताए। (रासस)

प्रकाशित मिति: १५:४५ बजे, बुधबार, असोज २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्