Kathmandu Press

गण्डकी प्रदेशमा कोरोना संक्रिमतको संख्या ५१ सय पुग्यो

पोखरा, असोज २७ : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार एक सय पुगेको छ।मंगलबार प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि...
गण्डकी प्रदेशमा कोरोना संक्रिमतको संख्या ५१ सय पुग्यो
सांकेतिक तस्वीर।

पोखरा, असोज २७ : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार एक सय पुगेको छ।

मंगलबार प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ५१ सय पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

मंगलबार कोरोना पुष्टि भएकाहरुमा लमजुङका २७, तनहुँका २६, कास्कीका १७, स्याङ्जाका तीन, पर्वतका दुई र मनाङका एक जना छन्। यसमध्ये लमजुङको दोर्दी गाउँपालिकाका २७ जना लिबर्टी हाइड्रो कम्पनीमा कार्यरत र अन्य कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ। 

प्रकाशित मिति: ०१:४५ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्