Kathmandu Press

बलात्कार प्रकरण : पञ्च धरौटीमा रिहा छुटे, आरोपित दुई बालकलाई सुधार गृहमा पठाइयो

सप्तरी,  असोज २७ : १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले बालसुधारगृह पठाउने आदेश गरेको छ। सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको...
बलात्कार प्रकरण : पञ्च धरौटीमा रिहा छुटे, आरोपित दुई बालकलाई सुधार गृहमा पठाइयो
फाइल तस्वीर।

सप्तरी,  असोज २७ : १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले बालसुधारगृह पठाउने आदेश दिएको छ। 

सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले दुई आरोपित बालकलाई पुर्पक्षका लागि बालसुधारगृह वीरगञ्ज पठाउने आदेश दिएको हो।

अभियुक्तसहित डाक्नेश्वरी नगरपालिका–७ ललितपुरका २७ वर्षीय धर्मदेव मण्डल र २५ वर्षीय बिसु भनिने विष्णु मण्डल तथा अठार वर्षमुनिका दुई जना र चार जनाले भदौ २९ गते बिहान बलात्कार गरेको उजूरी गर्न गाउँका पञ्चले रोक लगाएपछि भदौ ३० गते पीडितले आत्महत्या गरेको भनी इलाका प्रहरी कार्यालय, कल्याणपुरमा उजूरी दर्ता छ।

बलात्कारको उजूरी गर्न रोक लगाउने तीन पञ्चलाई आत्महत्या दुरुत्साहन मुद्दामा जनही एक लाख १० हजार धरौटी मागेको छ। पक्राउ परेका पञ्च जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल धरौटी राखी मंगलबार रिहा भएका छन्। धानखेतमा पानीको अवस्था हेर्न गएकी छोरीमाथि सामूहिक बलात्कार भएको जानकारी दिँदै पीडितकी आमाले प्रहरी कार्यालय जान खोज्दा पञ्चले धम्क्याउँदै उजूरी गर्न रोकेको र आरोपितबाट ५५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने निर्णय सुनाएको हो।

प्रहरीका अनुसार स्थानीयवासी शत्रुघ्न मण्डलका घरमा बसेको पञ्चायतमा निज शत्रुघ्नसहित उनका दाजु जयकान्त, भाइ देबु, सत्यनारायण मण्डल, वासुदेव मण्डल, झमेली मण्डल, रामजी भनिने बेचन मण्डल, उचितलाल मण्डल, बिन्देश्वर मण्डल र वंशराज मण्डलले धम्क्याउँदै उजूरी गर्न रोकेका थिए।

घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्न, मडारिएको धानका बाला, फुटेका हातका चुरा र भिडिओ रेकर्डसमेत प्रमाण छ। प्रहरीले आत्महत्या दुरुत्साहनमा जयकान्त, वासुदेव र सत्यनारायणलाई भदौ ३० गते पक्राउ गरेको थियो। बलात्कारको आरोपमा दुई जना बालकलाई प्रहरीले यही असोज १ गते राति पक्राउ गरेको थियो भने दुई जना अझै फरार छन्। रासस

प्रकाशित मिति: ०१:३३ बजे, बुधबार, असोज २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्