Kathmandu Press

नेपालमा ‘एभेन्जर्स एन्ड गेम’ को तीन दिनको कमाइ झण्डै डेढ करोड

काठमाडौं, वैशाख १६ : हडिउड फिल्म ‘एभेन्जर्स एन्ड गेम’ ले नेपालमा तीन दिनमा एक करोड ३५ लाख रुपैयाँभन्दा बढी कमाएको छ।

काठमाडौंका ....

नेपालमा ‘एभेन्जर्स एन्ड गेम’ को तीन दिनको कमाइ झण्डै डेढ करोड

काठमाडौं, वैशाख १६ : हडिउड फिल्म ‘एभेन्जर्स एन्ड गेम’ ले नेपालमा तीन दिनमा एक करोड ३५ लाख रुपैयाँभन्दा बढी कमाएको छ।

काठमाडौंका क्यूएफएक्सको कुल कलेक्सन ८५ लाख ८५ हजार रहँदा मोफसलका फिल्म हलको व्यापार ५० लाख रुपैयाँभन्दा बढी छ। हलमा तेस्रो सातासम्म चलिरहेको नेपाली फिल्म ‘ए मेरो हजुर ३’ को तीन दिनको कमाइ ३ करोड ४४ लाख थियो।  अघिल्लो वर्षको दशैंमा प्रदर्शन भएको दीपराज गिरीको फिल्म ‘छक्का पन्जा ३’ ले दुई दिनमै दुई करोडको व्यापार गर्न सफल भएको थियो। 

पछिल्लो समय नेपालमा रिलिज भएका हलिउड फिल्मको कलेक्सनलाई हेर्ने हो भने एभेन्जर्सले अहिलेसम्मकै सर्वाधिक कमाइ गरेको देखिएको छ।   यसअघि ‘क्याप्टेन मार्झल’ ले प्रदर्शनमा आएको पाँच दिनमा ७० लाख रुपैयाँ कमाएको थियो।

अर्को हलिउड फिल्म ‘सेज्याम’ को ५ दिनको कलेक्सन जम्मा ३५ लाख मात्रै थियो। एभेन्जर्स एन्डगेमले पहिलो र दोस्रो दिन क्यूएफएक्समा ४५–४५ शो पाएको थियो भने मोफसलमा २ दिन २४–२४ शो पाएको थियो।  तेस्रो दिन भने काठमाडौंमा ४१ शो पाउँदा मोफसलमा भने २४ शो नै पाएको थियो।
 

प्रकाशित मिति: १४:५९ बजे, सोमबार, वैशाख १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्