Kathmandu Press

गायक शिवको ‘म भोलि जाँदैछु’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं, असोज २७ : गायक शिवसागर खड्काको ‘म भोलि जाँदैछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सर्जक टेक खत्रीको शब्द रहेको गीतमा अनिल...
गायक शिवको ‘म भोलि जाँदैछु’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं, असोज २७ : गायक शिवसागर खड्काको ‘म भोलि जाँदैछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। सर्जक टेक खत्रीको शब्द रहेको गीतमा अनिल सिमालीले संगीत भरेका छन्।

पुरुषोतम न्यौपानेको संगीत संयोजनमा रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन विशाल नेपालीले गरेका छन्। गीतमा गायक शिवसागर खड्काको सुमधुर स्वर रहेको छ। हाइलाइट्सले नेपालको युट्युट च्यानलबाट सार्वजनिक भिडियोले छोटो समयमा नै धेरै चर्चा बटुल्न सफल भएको छ। 

भिडियोमा अञ्जली अधिकारी, टेक अत्रि र डीएन श्रेष्ठले मोडलिङ गरेका छन्। भिडियोको सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा हुमागाइँ र उनको टिमले गरेको हो भने भिडियोको सम्पादन अमृत चापागाँईले गरेका हुन्।

भिडियो हेर्नुस् :

 


 

प्रकाशित मिति: २३:४५ बजे, मंगलबार, असोज २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्