Kathmandu Press

नेप्से फेरि ओरालो लाग्यो

काठमाडौं, असोज २७ : धितोपत्र बजारमा मंगलबार शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर...
नेप्से फेरि ओरालो लाग्यो
फाइल तस्वीर।

काठमाडौं, असोज २७ : धितोपत्र बजारमा मंगलबार शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक हजार ५६८.५९ मा झरेको छ। यस्तै सेन्सेटिभ परिसूचक १.७० बिन्दुले घटेर ३११.४१ मा झरेको छ।

कूल १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर रु एक अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ मूल्यमा खरिद बिक्री भए । लगानीकर्ताले नाफा बुक गर्न थालेका कारण बजार  पुनः ओरालो लाग्न थालेको छ । त्यसको प्रभावस्वरुप आज कारोवार रकममा समेत गिरावट आएको छ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १.४९, उत्पादन १०.८४ र सामूहिक लगानी कोष ०.०५ ले बढेको छ । यस्तै, बैंकिङ ७.७, होटल १०.०६, विकास बैंक ८.५६, जलविद्युत् २७.८४, वित्त १६.३, निर्जीवन बीमा ४८.४१, अन्य १.५१, लघुवित्त १३.६३ र जीवन बीमा ३८.९४ ले ओरोलो लागेको छ ।

कारोवारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको  ११ करोड २६ लाख २१ हजार ४७३ बराबरको कारोवार भयो। यस्तै, ज्योति विकास बैंक ११ करोड सात लाख एक हजार ४०४, मुक्तिनाथ विकास बैंक आठ करोड ५३ लाख ७० हजार १६७, नेपाल पुनरबीमा कम्पनी छ करोड ३२ लाख ८९ हजार ४००, सानिमा माई हाइड्रोपावर  पाँच करोड ४६ लाख ७४ लाख ७४ र नेपाल बैंकको पाँच करोड २४ लाख ७१ हजार ४५७  रूपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

कारोवारका आधारमा आज ज्योति विकास बैंक ४.८३, लक्ष्मी उन्नति कोष, ३.३३, युनिलिभर नेपाल ३.०९, एनआइबिएल प्रगति फण्ड २.३६, सिटिजन म्युचअल फण्ड १.७६ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले १.५५ प्रतिशतले कमाए । यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ८.७२, दिव्यश्वरी हाइड्रोपावर ७.५०, खानीखोला हाइड्रोपावर ७.२६, रिडी हाइड्रोपावर ७.२२, घलेम्दी हाइड्रो ६.७७, समृद्धि फाइनान्स ६.५४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.३५ प्रतिशतले गुमाएका छन् । रासस

प्रकाशित मिति: २३:१९ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्