Kathmandu Press

१२ वर्षदेखि अलपत्र हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइनको निर्माण सुरू 

वागमती, असोज २७ : विगत १२ वर्षदेखि अलपत्र रहेको २२० के भीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण पुनः सुरु भएको छ।हेटौँडा-भरतपुर र भरतपुर-बर्दघाट गरी...
१२ वर्षदेखि अलपत्र हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइनको निर्माण सुरू 

वागमती, असोज २७ : विगत १२ वर्षदेखि अलपत्र रहेको २२० के भीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण पुनः सुरु भएको छ।

हेटौँडा-भरतपुर र भरतपुर-बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय र चिनियाँ कम्पनीको ठेकेदार कम्पनीको सम्झौता तोडेको थियो। 

सम्झौता तोडिएको लामो समयपछि प्रसारण लाइनको निर्माण काम शुरु भएको आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिए। हेटौँडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डको ठेक्का चिनियाँ सेन्ट्रल पावर ग्रिड नामक कम्पनीलाई दिएको तर काममा ढिलाइ गरेपछि सम्झौता तोडिएको बताइएको छ। अहिले पनि हेटौँडा–भरतपुर खण्डमा भारतीय र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ कम्पनीलले ठेक्का पाएको छ। 

आयोजना सञ्चालनका लागि विसं २०६५ मा टेक्का सम्झौता गरेर २०६६ मा प्रसारण लाइनको काम शुरु ग्रिएको थियो। पाँच वर्षमा निर्माण कार्य सम्पन्न गर्नपर्ने काम विगत १२ वर्षमा ५० प्रतिशत निर्माण काम मात्र भएपछि  ठेक्का सम्झौता तोडेर नयाँ सम्झौता गरिएको प्रमुख जैसवालले बताए।  

विश्व बैंक र नेपाल सरकारको सहयोगमा निर्माण भइरहेको उक्त प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डका ७५ किमी लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। कोरोना महामारीले काममा केही सुस्तता छाएको भए पनि यस खण्डको ७५ किमी लाइनको २४६ टावरमध्ये २३० वटाको फाउण्डेशन निर्माण कार्य सकिएको छ।

दुई सय १४ वटा टावरखडा गरिएको र पाँच किमी तार तान्ने काम सकिएको छ। अहिले पनि त्यस खण्डको दुम्कीवास र देउचुरीको मुण्डीमा स्थानीयको विभिन्न माग राखी अवरोध कायम रहेको जैसवालले बताए।  नयाँ ठेक्का सम्झौता भई परिचालन भएकाले अबको दुई वर्षमा प्रसारण लाइनको बाँकी काम सम्पन्न गरिने विश्वास लिइएको छ। 

यसअघिको ठेकेदारले यो खण्डमा निर्माण हुने २२६ टावरमध्ये १७१ वटाको फाउण्डेशन  निर्माण कार्य सकिएको छ। एक सय १७ वटा टावर खडा गरिएको छ। दश किमीभन्दा बढी तार तान्ने काम सम्पन्न भएको छ। त्यस खण्डमा आयोजनाले पाँच हजार रुख काट्ने प्रक्रिया अगाडि बढाइएको उहाँको भर्ना रहेको छ। रासस

प्रकाशित मिति: २२:५३ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्