बृहत प्रजातान्त्रिक माेर्चा निर्माण गराैं : कमल थापा
काठमाडौं, असोज २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत प्रजातान्त्रिक मोर्चा निर्माणको आह्वान गरेका...
काठमाडौं, असोज २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत प्रजातान्त्रिक मोर्चा निर्माणको आह्वान गरेका छन्।
मंगलबार ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष थापाले देशमा भइरहेको ब्रह्मलुट, सर्वसत्तावाद, धर्म परिवर्तन, विदेशी चलखेल पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन मोर्चा निर्माणको आह्वान गरेका हुन्।
ब्रम्हलुट,सर्वसत्तावाद, धर्मपरिवर्तन,बिदेशी चलखेललाई पराजितगर्न तथा राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउंदै सुशासन/समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्त/प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन।वृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणकोलागि आह्वान गर्दछु
— Kamal Thapa (@KTnepal) October 13, 2020
‘सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्त र प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन।बृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणका लागि आह्वान गर्दछु,’ थापाले भनेका छन्।











