मन्त्री त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौं, असोज २७ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख...
काठमाडौं, असोज २७ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।
धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए। उनका अनुसार मन्त्री त्रिपाठीको गएराति पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो।
मन्त्री त्रिपाठी गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई थप उपचारका लागि ग्राण्डी अस्पतालमा लगिएको निजी सचिव पौडेलले बताए।
मन्त्रीको उपचारमा सोही अस्पतालका चिकित्सक डा. प्रवीणविक्रम थापा, डा. धीरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठ खटिएका छन्। रासस
प्रकाशित मिति: २०:४४ बजे, मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











