Kathmandu Press

अस्कर कलेजले फिल्म फेस्टिभल आयोजना गर्दै

काठमाडौं, असोज २७ : अस्कर इन्टरनेसनल (कलेज अफ फिल्म स्टडिज)ले भर्चुअल फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ।असोज ३० देखि कात्तिक २ गतेसम्म आयोजना...
अस्कर कलेजले फिल्म फेस्टिभल आयोजना गर्दै

काठमाडौं, असोज २७ : अस्कर इन्टरनेसनल (कलेज अफ फिल्म स्टडिज)ले भर्चुअल फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ।

असोज ३० देखि कात्तिक २ गतेसम्म आयोजना हुने फिल्म फेस्टिभलमा विभिन्न फिल्म देखाइने भएको छ। त्यस्तै, देश तथा विदेशका फिल्मकर्मीसँग अन्तरक्रिया गरिने भएको छ।

Hardik ivf

कोरोना महामारीले सुस्त रहेको फिल्म उद्योगलाई गति दिन फिल्म फेस्टिभल आयोजना गर्न लागिएको कलेजका प्रिन्सिपल विनोद पौडेलले बताए। यो वेला फिल्मको विगत, वर्तमान र भविष्यबारे छलफल गर्न लागिएको उनको भनाइ छ।

फेस्टिभलमा अस्कर कलेजका विद्यार्थीले निर्माण गरेका नौ फिल्म प्रदर्शन गरिने भएको छ। फिल्म प्रदर्शनसँग कलाकारसँग कुराकानी पनि गरिनेछ।

 

प्रकाशित मिति: २०:०१ बजे, मंगलबार, असोज २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्