Kathmandu Press

‘जातको प्रश्न’प्रति अनावस्क अफवाह फैलाएकोप्रति समता फाउण्डेशनको ध्यानाकर्षण

काठमाडौं, असोज २७ : समता फाउण्डेशनले आफुले उत्पादन गरेको ‘जातको प्रश्न’ टेभिभिजन कार्यक्रम प्रसारण भइरहेकै बेला संस्थाको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको...
‘जातको प्रश्न’प्रति अनावस्क अफवाह फैलाएकोप्रति समता फाउण्डेशनको ध्यानाकर्षण

काठमाडौं, असोज २७ : समता फाउण्डेशनले आफुले उत्पादन गरेको ‘जातको प्रश्न’ टेभिभिजन कार्यक्रम प्रसारण भइरहेकै बेला संस्थाको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई दुरूपयोग गरि सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

फाउण्डेशनले विज्ञप्ति जारी गर्दै उक्त पोस्टर समता फाउण्डेशनले नबनाएको र त्यसमा संस्थाको कुनै संलग्नता नभएको प्रष्ट्याएको छ । ‘अनाधिकृत रूपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गरि पोष्टर बनाई भ्रम फैलाउनु नेपाल सरकारकोे साईबर कानूनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ। 

दलित समुदायविरूद्ध भइरहेका यी श्रृङ्खलात्मक हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको सँस्कृति बढाउनका लागि समता फाउण्डेशनले जातको प्रश्न नामक टेलिभिजन कार्यक्रम उत्पादन गरेको जनाएको छ । ‘हाल यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ । यो कार्यक्रमकोे मुख्य उदेश्य नै जातीय विभेद सम्बन्धी घर घरमा संवादको शुरुवात गर्नु रहेको छ ’, विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यक्रमा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाहग्रह नराखेको स्पस्ट गर्न चाहान्छौ ।’ 

कार्यक्रमबारे आएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई सदैव स्वागत गर्ने उल्लेख गर्दै फाउण्डेशनले समाजमा विद्यमान जातीय विभेदको विविध पक्षमा विचार–विर्मश होस् भन्ने उद्देश्यलाई स्वस्थ बहसले थप बल र सहयोग पुर्‍याएको पनि जनाएको छ । 

‘नेपाल सरकारको प्रचलित नीति–नियम र कानून बमोजिम संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूको सहकार्य र सहयोगमा सञ्चालन भएका  परियोजना तथा कार्यक्रमहरु पारदर्शी ढंगले संचालन गर्दै  सामाजिक उत्तरदायित्वलाई संस्थाले प्राथमिकतासाथ वहन गर्दै आएको छ’, संस्थाका अध्यक्ष प्रदिप परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समता फाउण्डेशनको गतिविधि र कार्यक्रमबारे स्वस्थ आलोचना र सिर्जनात्मक सुझावलाई हामी सधैं स्वागत गर्दछौं ।’
 

प्रकाशित मिति: १९:३४ बजे, मंगलबार, असोज २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्