Kathmandu Press

तीन महिनामा रिलिज हुँदै बलिउडका १९ फिल्म

मुम्बई, असोज २७ : लामो लकडाउनपछि भारतमा हिल्म हल पनि खुल्न थालेका छन्। अर्को महिनादेखि फिल्म हल खुलेसँगै फिल्म पनि रिलिज हुने भएका...
तीन महिनामा रिलिज हुँदै बलिउडका १९ फिल्म

मुम्बई, असोज २७ : लामो लकडाउनपछि भारतमा हिल्म हल पनि खुल्न थालेका छन्। अर्को महिनादेखि फिल्म हल खुलेसँगै फिल्म पनि रिलिज हुने भएका छन्।

सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा रिलिज हुने फिल्महरुको सूचि सार्वजनिक गरिएको छ। मल्टिप्लेक्स हलमा आगामि तीन महिनासम्म रिलिज हुने १९ फिल्मको नाम सार्वजनिक गरिएको छ।

बलिउड फिल्म रिलिज गर्ने फिल्म हलहरुको संस्था पीवीआरले नोभेम्बर, डिसेम्बर र आगामि जनवरीमा रिलिज हुने फिल्मको सूचि जारी गरेको हो। जसमा अर्को महिना नोभेम्बरमा बन्टी और बब्ली, इन्दु कि जवानी, छलाङ, सन्दीप और पिन्की फरार, ९९ सन्स, मिम र टेनेन्ट रहेका छन्।

त्यस्तै, डिसेम्बरमा ८३, रुही अफजाना, डेथ अन द नाइल, डन्डर वुमेम रिलिज हुने भएका छन्।

यसैगरि आगामि जनवरीमा सूर्यवंशी, सरदार उद्धम सिंह, केजीएफ २, आधार, रामप्रसाद कि तेरहवी, पिटर रेबिट र एभ्रीबडिज टकिङ अबाउट जेमी रिलिज हुँदै छ।

 

प्रकाशित मिति: १८:११ बजे, मंगलबार, असोज २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्