Kathmandu Press

कोरोनाको संक्रमण बढेपछि सरकारी कार्यालयकाे सेवा प्रभावित

धनगढी, असोज २७ : कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेपछि कैलालीका कतिपय सरकारी तथा गैरसरकारी कार्यालयका काम प्रभावित भएको छ।कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि...
कोरोनाको संक्रमण बढेपछि सरकारी कार्यालयकाे सेवा प्रभावित

धनगढी, असोज २७ : कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेपछि कैलालीका कतिपय सरकारी तथा गैरसरकारी कार्यालयकाे काम प्रभावित भएको छ।

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सोमबारबाट भूमिसुधार तथा मालपोत कार्यालय कैलालीको सेवा बन्द गरिएको छ। लकडाउन खुलेसँगै कार्यालयमा सेवाग्राहीको दैनिक भीड लाग्ने गरेको थियो।

कोरोन सङ्क्रमणको जोखिम बढेपछि आगामी कात्तिक ३ गतेसम्म आन्तरिक प्रशासनिक कामबाहेक अन्य सबै काम बन्द गरिएको कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ।

कर्मचारीमा कोरोना देखिएपछि कृषि विकास बैंक बैंकिङ कार्यालय धनगढी शाखा पनि बन्द गरिएको थियो।

त्यस्तै, सेती प्रादेशिक अस्पतालको कारोना प्रयोगशालामा कार्यरत एक कर्मचारीमा समेत कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। संक्रमित महिलाको स्वस्थ्य अवस्था समान्य रहेको जनाएको छ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। योसँगै  प्रदेशमा सङ्क्रमितको संख्या आठ हजार एक सय २४ पुगेका छन्। पछिल्ला दिनमा प्रदेशमा सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएका छन्।

कोरोना सङ्क्रमणबाट हालसम्म प्रदेशको कैलालीमा १०, अछाम, बझाङ र बाजुराका दुई-दुई तथा कञ्चनपर, डडेलधुरा र बैतडीका एक-एक गरी १९ जनाको मृत्यु भएको छ। (रासस)

प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्