Kathmandu Press

चिकित्सकमा कोरोना देखिएपछि अस्पतालका सेवा बन्द

लहान, असोज २८ : एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।अस्पताल प्रशासनले...
चिकित्सकमा कोरोना देखिएपछि अस्पतालका सेवा बन्द

लहान, असोज २८ : एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घन्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ। अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ।

अस्पतालका अन्य केही कर्मचारीमा पनि कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने अस्पतालका प्रमुख डा. सुनिलप्रसाद कुशवाहाले बताए।

प्रकाशित मिति: १५:५६ बजे, मंगलबार, असोज २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्