Kathmandu Press

तनहुँमा एक चितुवा मृत फेला

तनहुँ, असोज २७ : तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ।शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो। भाले चितुवा मृतावस्थामा फेला परेको...
तनहुँमा एक चितुवा मृत फेला

तनहुँ, असोज २७ : तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ।

शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो। भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए।

गत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत अवस्थामा फेला पर्ने चितुवाको सङ्ख्या सात पुगेको छ। यसको कारण खुल्न सकेको छैन।

डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेका थिए।

 

प्रकाशित मिति: १५:४४ बजे, मंगलबार, असोज २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्