Kathmandu Press

चितवनमा उपचाररत रुपन्देहीकी कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर, असोज २६ : चितवनमा उपचाररत रुपन्देहीकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत तिलोत्तमा नगरपालिका–१५ की ३५...
चितवनमा उपचाररत रुपन्देहीकी कोरोना संक्रमित महिलाको मृत्यु
सांकेतिक तस्वीर।

भरतपुर, असोज २६ : चितवनमा उपचाररत रुपन्देहीकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। 

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत तिलोत्तमा नगरपालिका–१५ की ३५ वर्षीया महिलाको सोमबार दिउँसो ४ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए।

गत असोज २० गते लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा कोरोना संक्रमण पुष्टि भएपछि ती महिला असोज २१ गते थप उपचारका लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी थिइन्।

प्रकाशित मिति: ००:४४ बजे, मंगलबार, असोज २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्