Kathmandu Press

धादिङका कोरोना संक्रमित २२ वर्षीय युवकको मृत्यु

धादिङ, असोज २६ : धादिङमा कोरोना भाइरसको संक्रमणबाट एक युवकको मृत्यु भएको छ। कोरोना संक्रमणबाट नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको उपचारका क्रममा...
धादिङका कोरोना संक्रमित २२ वर्षीय युवकको मृत्यु
फाइल तस्वीर

धादिङ, असोज २६ : धादिङमा कोरोना भाइरसको संक्रमणबाट एक युवकको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको उपचारका क्रममा सोमबार सुमेरु अस्पतालमा मृत्यु भएको हो। 

निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका ती युवकमा असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै धादिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छा।
 

प्रकाशित मिति: २२:५१ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्