Kathmandu Press

कर्णाली प्रदेशमा थपिए १३० जना कोरोना संक्रमित

वीरेन्द्रनगर, असोज २६ : कर्णाली प्रदेशमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...
कर्णाली प्रदेशमा थपिए १३० जना कोरोना संक्रमित
फाइल तस्वीर।

वीरेन्द्रनगर, असोज २६ : कर्णाली प्रदेशमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कर्णाली प्रदेशमा पाँच जिल्लामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थपिएका नयाँ संक्रमितमध्ये सुर्खेतका १०१ जना, दैलेखका १३, जुम्लाका ९, हुम्लाका ४ र सल्यानका ३ जना रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। संक्रमितमध्ये ७७ हजार २७७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६४५ जनाको मृत्यु भएको छ।  
 

प्रकाशित मिति: २२:४० बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्