Kathmandu Press

उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौं‌, असोज २६ : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले असोज २० गते त्रिवि...
उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने दुई जना पक्राउ
सांकेतिक तस्वीर।

काठमाडौं‌, असोज २६ : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले असोज २० गते त्रिवि परिसरभित्र त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा सिरहा गोलबजारका २३ वर्षीय रुपेश साह र सिरहाकै २४ वर्षीय रवीनकुमार लामा  छन्। परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले उपप्राध्यापक चलाउनेलाई सांघातिक हमला गरेर फरार रहेका साहलाई कोटेश्वर र लामालाई सिरहाबाट पक्राउ गरिएको जानकारी दिए।
 

प्रकाशित मिति: २१:३२ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्