नेपालकै पहिलो किवीको वाइन काठमाडौंमा
सुनसरी, असोज २६ : फलफूलको राजा मानिने किवीको वाइन पहिलो पटक काठमाडौंमा आएको छ। किवीको बजार विस्तारका लागि धनकुटाको राजारानीमा उत्पादित ‘वाइन फ्याक्ट्री’ले...
सुनसरी, असोज २६ : फलफूलको राजा मानिने किवीको वाइन पहिलो पटक काठमाडौंमा आएको छ। किवीको बजार विस्तारका लागि धनकुटाको राजारानीमा उत्पादित ‘वाइन फ्याक्ट्री’ले आफ्नो पहिलो उत्पादन काठमाडौंमा बिक्री सुरु गरेको हो।
पोषिलो फलको रूपमा रहेको किवीको व्यावसायिक खेती पूर्वी नेपालमा सुरु भए सँगै वाइन उत्पादन सुरु गरि बजारमा ल्याएको हो। पहिलो पटक काठमाडौंलाई पूर्वी पहाडी जिल्लामा उत्पादन भएको फलको वाइन चखाउन बिक्री सुरु गरेको माउण्ट एभरेष्ट वाइनरीका प्रबन्ध निर्देशक विष्णु वास्तोलाले बताए। ‘प्रिन्सेस नामक वाइन बजार ल्याएका छौ,’ बास्तोलाले भने ।
अनुकूल हावापानीका कारण नेपालको पहाडी क्षेत्रमा किवीको व्यवसायिक खेती गर्न सकिने भन्दै किसानहरुलाई लक्षित गरेर करिब २० करोडको लागतमा उत्पादन भएको वाइनलाई काठमाडौंलाई चखाउन बिक्री वितरण सुरु गरेको हो। केही दिन भित्रै पूर्वी नेपालको सहरहरुमा बिक्री सुरु गर्ने बास्तोलाको भनाई छ।
‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने। उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ। उद्योगमा करिब २ सय जनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको बास्तालो बताउँछन। ‘उद्योग आफैले पनि किवी खेतीमा लगानी गरेको छ,’ उनले भने। वाइनरी क्षेत्रमा संगालेको लामो अनुभव र देशविदेशका तालिमबाट प्राप्त गरेको विज्ञताका कारणले आफूहरुले उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल हुने बास्तोला बताउँछन।
साढे दुई दशकको इतिहास रहेको स्वदेशी वाइन उद्योगको बजार विस्तार हुँदै जाँदा उद्योगहरूको संख्या करीब दुई दर्जन पुगेको छ। उच्च वर्गमा सीमित वाइन पछिल्लो एक दशकदेखि नेपाली बजार सुहाउँदो उत्पादन, मूल्यका कारण मध्यम र निम्नमध्यम वर्गमा प्रिय बनिरहेको छ। ‘आफ्नै देशको किसानको उत्पादन खेर जान नदिन हामीले पहिलो पटक किवीको वाइन बजारमा ल्याएका हौ’ कम्पनीका अध्यक्ष हरेराम साह भन्छन्, ‘हामी बजारलाई नयाँ स्वाद चखाउन चाहान्छौं।’
‘नेपालीहरुको महान पर्वमा हामी हाम्रै देशको फलबाट उत्पादन भएको वाइन चाख्न सबैलाई अनुरोध गछौं’ अध्यक्ष साहले भने। स्वदेशी उत्पादन विदेशीभन्दा कम नभएको दाबी गर्दै अध्यक्ष साहले भने, ‘रमाइलो आफ्नै गाउँ पाखामा उत्पादन भएको वाइन चाखेर गरौ।’
नेपालको हावापानीमा चैत वैशाखमा फूल फुल्छ र कात्तिक, मंसिरमा फल टिप्न तयार हुन्छ। यसको बाहिरी झुस न्युजील्यान्डको रास्ट्रिय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नाम दिइएको हो। संसारमा पाइने २७ फल मध्ये सबै भन्दा पोषिलो फलको रूपमा किवीलाई लिने गरिएको छ।
पोषिसिलो फल अनारमा ५ प्रतिशत खाद्यतत्व हुन्छ भने किवीमा १६ प्रतिशत। काँचो खाँदा अमिलो हुने किवीमा भिटामिन तथा खनिज पदार्थ प्रशस्त पाइन्छ। किवीमा औषधिजन्य गुण पनि पाइन्छ। पेट सम्बन्धी रोग, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोल, मधुमेहजस्ता रोगका लागि उपयोगी मानिन्छ। किवी फलबाट जुस, जाम, वाइन लगायत विभिन्न परिकार बनाउन सकिन्छ।
किवीको औषधीय गुण
– किवीबाट भिटामिन, खनिज र औषधीजन्य तत्व प्राप्त गर्न सकिन्छ। जसको पेटको विभिन्न समस्याबाट बचाउनुका साथै मधुमेह, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोललार्य सन्तुलनमा राख्ने काम गर्छ
– किवीमा क्यालोरिको मात्रा प्रसस्त हुन्छ। त्यसैले यसको नियमित सेबन सेवन गर्दा क्यान्सरजस्तो रोगबाट बचाउनका लागि पनि सहयोग पुर्याउछ।
– यसले छालालाई स्वस्थ राख्न भूमिका खेल्छ। छालासम्बन्धि विभिन्न रोगबाट पनि बचाउँछ।
– यसले आँखालाई समेत तन्दुरस्त राख्न भूमिका खेल्छ। यसले आँखाको ‘भिजन लस’बाट पनि बचाउँछ।
– किवीको नियमित प्रयोगले रक्तचाप सन्तुलनमा रहन्छ।
– यसले मुटु रोगको सम्भावनालाई समेत कम गर्छ।
–तौल घटाउने प्रयासमा हुनुहुन्छ भने किवीको नियमित सेवन गरौं।
– किवीले अनिद्राको समस्या समधान गर्नमा पनि अहम भूमिका खेल्छ।
– यसमा प्रसस्त आइरनको मात्रा हुने भएकाले गर्भवती महिलाहरुको लागि निकै उपयोगी हुन्छ।
– किवीले पाचन प्रक्रियामा पनि महत्वपूर्ण भुमिका निर्वाह गर्छ।










-1754206481.jpg)
