Kathmandu Press

'पृथ्वीराज'को सुटिङमा फर्किए अक्षय कुमार

मुम्बई, असोज २६ : बलिउड अभिनेता अक्षय कुमार सुटिङमा फर्किएका छन्। उनले फिल्म 'पृथ्वीराज'को सुटिङ सुरु गरेको जनाएका छन्।यस फिल्ममा अक्षय कुमारसँगै अभिनेता...
'पृथ्वीराज'को सुटिङमा फर्किए अक्षय कुमार

मुम्बई, असोज २६ : बलिउड अभिनेता अक्षय कुमार सुटिङमा फर्किएका छन्। उनले फिल्म 'पृथ्वीराज'को सुटिङ सुरु गरेको जनाएका छन्।

यस फिल्ममा अक्षय कुमारसँगै अभिनेता सोनु सूद पनि छन्। दुवै जनाले सुटिङ सुरु गरेको फिल्म युनिटले जनाएको छ।

अहिले यो फिल्मको सुटिङ यशराज स्टुडियोमा भइरहेको छ। केही दिनपछि मुम्बईको मड आइल्यान्डमा सुरु हुने जनाएको छ। यसको सुटिङ ३० नोभेम्भरसम्म सक्ने लक्ष्य राखिएको छ।

यो फिल्ममा संजय दत्त पनि छन्। उनी अहिले उपचाररत छन्। उनको सुटिङ अर्को महिना हुने जनाएको छ।

 

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, असोज २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्