Kathmandu Press

काभ्रेमा एक हजार एक जनामा कोरोना संक्रमण

काभ्रेपलाञ्चोक, असोज २६ : काभ्रेपलाञ्चोकमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार एक पुगेको छ। कुल संक्रमितमध्ये पुरुषको संख्या तेब्बर रहेको छ। हालसम्म ३६३...
काभ्रेमा एक हजार एक जनामा कोरोना संक्रमण

काभ्रेपलाञ्चोक, असोज २६ : काभ्रेपलाञ्चोकमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार एक पुगेको छ। कुल संक्रमितमध्ये पुरुषको संख्या तेब्बर रहेको छ। हालसम्म ३६३ महिला र ६३८ पुरुषमा संक्रमण पुष्टि भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ। 

आइतबारसम्म सक्रिय संक्रमितमध्ये १५० महिला र २४९ पुरुष रहेका छन्। काभ्रेमा हालसम्म पाँच पुरुष र चार महिला कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

पोष्टका अनुसार कुल संक्रमितमध्ये पनि महिलाभन्दा पुरुषको संख्या तेब्बरभन्दा बढी छ। संक्रमितमध्ये २०१ महिला तथा ३९२ पुरुषमा संक्रमण निको भइसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा.नरेन्द्र झाले जानकारी दिए। उनका अनुसार कुल संक्रमितमध्ये हालसम्म ५९३ जना उपचारपछि निको भई घर फर्किएका छन्। अधिकांश संक्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ।

काभ्रेमा पछिल्लो केही दिनदेखि दैनिक सरदर ३० को संख्यामा संक्रमित थपिदै गएको तथ्यांकले देखाएको छ। आइतबार ४३ जनामा कोरोना संक्रमण देखियो भने शनिबार १८, शुक्रबार ४३ तथा बिहीबार २३ जनामा संक्रमाण देखिएको छ।‘काभ्रेपलाञ्चोकमा हाल  सरदर दैनिक ३० को हाराहारिमा संक्रमणदर देखिएको छ’ डा.झाले भने।

पोष्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३० महिला र ८० पुरुष अस्पताल आइसोलेशन र १२० महिला र १६९ पुरुष होम आइसोलेशनमा उपचाररत छन्। काभ्रेपलाञ्चोकको कुल कोरोना संक्रमितमध्ये हालसम्म ६० प्रतिशत कोरोना संक्रमणमुक्त भएका हुन्। नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो।

यसैबीच काभ्रेका १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन्। बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन्। हाल जिल्लाकै कुल सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी ३६ प्रतिशत अर्थात् १४४ सङ्क्रमित बनेपा नगरमा छन्। 

सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन्। हाल सक्रिय सङ्क्रमितमध्ये धुलिखेलमा ११९, पनौतीमा ३१, पाँचखालमा ३९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा नौ, भुम्लु गाउँपालिकमा तीन, रोशीमा १०, महाभारत गाउँपालिकामा तीन रहेका छन्। 

प्रकाशित मिति: १७:२७ बजे, सोमबार, असोज २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्