Kathmandu Press

भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु

भक्तपुर, असोज २६ : कोरोना भाइरसको संक्रमणबाट भक्तपुर एक जनाको मृत्यु भएको छ।भक्तपुर नगरपालिका–५ भेलुखेलका ५९ वर्षीय क्यान्सर पीडितको गएराति मृत्यु भएको हो।...
भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु

भक्तपुर, असोज २६ : कोरोना भाइरसको संक्रमणबाट भक्तपुर एक जनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका–५ भेलुखेलका ५९ वर्षीय क्यान्सर पीडितको गएराति मृत्यु भएको हो। उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन्।

स्वास्थ्य समस्या देखिएपछि उनी शुक्रबार अस्पताल भर्ना भएको थिए। उपचारका क्रममा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

यससँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ। उनीहरुमध्ये ११ महिला र २८ पुरुष छन्।

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, असोज २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्