यसपाली दशैंमा नयाँ नोट साट्न नपाईने
काठमाडौं, असोज २६ : नेपाल राष्ट्र बैंकले यसपालीको दशैँमा सर्वसाधारणका लागि नयाँ नोट नसाट्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै...
काठमाडौं, असोज २६ : नेपाल राष्ट्र बैंकले यसपालीको दशैँमा सर्वसाधारणका लागि नयाँ नोट नसाट्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बढ्दै गएको कोरोना संक्रमणलाई ध्यानमा राखेर नयाँ नोट नसाट्ने प्रष्टाएको हो ।
नयाँ नोट साट्दा कोरोना संक्रमण बढ्न सक्ने जोखिम देखाउँदै राष्ट्र बैंकले सर्वसाधारणका साना दरका नोट नसाटिने बताएको हो । यसअघि दशै र तिहारलाई लक्षित गरेर राष्ट्र बैंकले सर्वसाधारणका लागि वार्षिक रूपमा नयाँ नोट साट्ने सुविधा दिँदै आएको थियो।
राष्ट्र बैंकको अलावा कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकमार्फत सर्वसाधारणले ५, १०, २०, ५० र एक सयका नयाँ नोट साट्ने गरेका थिए ।
प्रकाशित मिति: १४:१७ बजे, सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
