सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने
काठमाडौं, असोज २५ : नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बिक्री...
काठमाडौं, असोज २५ : नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये तीन अर्बको ट्रेजरी बिल भने नयाँ हो भने १५ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो।
बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ। बैंकका अनुसार तीन अर्ब रूपैयाँ बराबरको नयाँ र १५ अर्ब २५ करोड रूपैयाँ बराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ।
सो ट्रेजरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ। यस्तै केन्द्रीय बैंकले यही असोज २० गते १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो।
प्रकाशित मिति: ००:०५ बजे, सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
