Kathmandu Press

राप्रपामा चार सय नयाँ केन्द्रीय सदस्य थप 

राप्रपामा चार सय नयाँ केन्द्रीय सदस्य थप 

काठमाडौं, असोज २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ। राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ  सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पु¥याएको छ।

राप्रपाले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्र बमोजिम तीन अध्यक्षको सहमतिअनुसार केन्द्रीय कार्यसमिति विस्तार गरिएको जनाएको हो। ‘असोज २९ गतेसम्म जिल्लास्तरमा समायोजन सम्पन्न गरिसक्ने र आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनको तयारीमा लाग्ने योजना छ,’ विज्ञप्तिमा भनिएको छ। एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति विस्तार भएको हो।

प्रकाशित मिति: २१:१८ बजे, आइतबार, असोज २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्