Kathmandu Press

न्ह्यु र रचनाले ल्याए 'दशैं आयो भन्छन् गाउँमा'

काठमाडौं, असोज २५ : न्ह्यु बज्राचार्य र रचना रिमालको संयुक्त प्रस्तुति नयाँ गीत 'दशै आयो भन्छन् गाउँमा' सार्वजनिक भएको छ।यसलाई संगीतकार बज्राचार्यले आफ्नाे...
न्ह्यु र रचनाले ल्याए 'दशैं आयो भन्छन् गाउँमा'

काठमाडौं, असोज २५ : न्ह्यु बज्राचार्य र रचना रिमालको संयुक्त प्रस्तुति नयाँ गीत 'दशै आयो भन्छन् गाउँमा' सार्वजनिक भएको छ।

यसलाई संगीतकार बज्राचार्यले आफ्नाे युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्। रचनाको श्वरमा रहेको हेमनाथ घिमिरेका शव्दमा संगीतकार बज्राचार्यले संगीत दिएका छन्।

Hardik ivf

कोरोना भाइरसको महामारीका कारण यतिवेला दशै आउन लागेको भएपनि चहलपलह छैन। झन शहरमा कोरोना फैलिरहेकाले गाउँ फर्किनेहरु पनि कम भएका छन्। जसले गर्दा दर्शै आएपनि गाउँघर सुनसान नै छन्। अहिलेको यहि गाउँघरको परिवेशलाई गीतमा उतारेको घिमिरेले बताए।

रचनाको श्वर र बज्राचार्यको संगीतले यसलाई झन कर्णप्रिय बनाएको छ। धेरैले यो गीतलाई मन पराएका छन्। यसको म्युजिक भिडियो लोकेश बज्रचार्यको टिमले तयार गरेको हो।

प्रकाशित मिति: १९:२२ बजे, आइतबार, असोज २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्