बुद्ध एयर २४औं वर्षमा प्रवेश
काठमाडौं, असोज २५ : बुद्ध एयर आज २३ वर्ष पूरा गरि २४औं वर्ष प्रवेश गरेको छ। बुद्ध एयरले २३औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ...
काठमाडौं, असोज २५ : बुद्ध एयर आज २३ वर्ष पूरा गरि २४औं वर्ष प्रवेश गरेको छ। बुद्ध एयरले २३औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ।
बुद्ध एयरले सन् १९९७ अक्टुबर ११ मा नयाँ जहाजसहित नेपालमा वायु सेवाको सुरुआत गरेको थियो। त्यतिवेला अमेरिकाबाट ब्रान्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थिए।
यो २३ वर्षको अवधिमा बुद्ध एयरले १३ जहाजबाट सेवा दिन थालेको छ। अहिले एक हजार एक सय कर्मचारी सेवार दिइरहेका छन्।
अहिले कोरोनाको समयमा पनि बुद्ध एयरले सुरक्षित हवाइ सेवा प्रदान गरिरहेको बुध्द एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए। कोरोना महामारीले आम्दानी शून्य भएको अवस्थामा पनि कर्मचारी कटौति नगरि एक हजार एक सय कर्मचारीलाई तलब खुवाएको उनले बताए। अब पनि कर्मचारी कटौति नगर्ने उनले वाचा गरेका छन्।
त्यस्तै, यो अवस्थामा संक्रमणरहित र सुरक्षित हवाई सेवा सञ्चालनसम्बन्धी ‘सुरक्षा निर्देशिका’ ल्याएर सेवा प्रदान गरिरहेको बुद्ध एयरले जनाएको छ। कम्पनीले यसलाई अक्षरश अक्षरशः पालना गर्दै हरेक कर्मचारीलाई तालिम तथा सुरक्षा कवच पीपीई प्रदान गरेको जनाएको छ।
वार्षिकोत्सवको अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा भाडादर पनि घटाएको जनाएको छ। निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा संक्रमणरहित यात्रा गरून् भन्ने उद्देश्यले भाडा नबढाएको बुद्ध एयरको भनाइ छ।
त्यस्तै, आन्तरिक पर्यटनलाई पुनः गति दिन बुध्द एयरले पर्यटकीय गन्तव्य पोखरा र चितवनलाई प्रचार प्रसार गर्दै यसको भगिनी संस्था बुध्द होलिडेजले प्याकेजहरु पनि ल्याएको जनाएको छ।











